RupeeSend

नेपालको लागि पैसा पठाउने सर्बोतम उपाय।

माथी प्रयोग बिधि रेमिटान्स कार्ड

रेमिटान्स कार्ड

सधैब रेमिटान्स आबेदन गर्न आवश्यक छैन रेमिटान्स कार्डबाट पोष्ट बैंकको ATM अथवा काउन्टरमा गइ रकम जम्मा गर्दा मात्र सहज रुपमा रेमिटान्स आबेदन हुने एकदम सजिलो बिधि हो।

  • रेमिटान्स कार्डको संक्षेप(सारांश)
  • उत्पादन सारांश निर्देशन

ゆうちょ自動送金カードでもっと便利に!ゆうちょATMからネパール送金できます。

एकै व्यक्तिलाई पैसा पठाउने हो भने पोष्ट बैंकको भुक्तानी कार्ड(रेमिटान्स कार्ड)एकदम उपयोगी छ।

पोष्ट बैंकको स्वचालित रेमिटान्स कार्ड भनेको .....

निर्धारित गरिएको रेमिटान्स गन्तब्य कार्डको प्रयोग गरि रकम भुक्तानी गरेमा मात्र सजिलै रेमिटान्स गर्न सक्ने रेमिटान्स भुक्तानी कार्ड हो।

वेबसाइटबाट गरिने आबेदन वा रेमिटान्स आबेदन पत्रहरु फ्याक्स वा हुलाकबाट पठाइने रेमिटान्स आबेदन भन्दा बिल्कुलै फरक,

रेमिटान्स गरे बापत सधै रेमिटान्स गन्तब्य भनि रहनु आवश्यक पर्दैन।

के चाही सुविधा छ त?
रेमिटान्स गन्तब्य जानकारी,उद्देश्य आदिको विवरण रेमिटान्स कार्ड जारी गर्ने बेलामा मात्र पेस(उद्रित)गरे हुने। कार्ड प्रयोग गरि भुक्तानी गरेमा तुरुन्तै दर्ता गर्नु भएको बैदेशिक रेमिटान्स गन्तब्यसम्म स्वतः पुग्ने सजिलो माध्यम हो। बिशेष गरि पटक पटक पैसा पठाउनु पर्ने विशिष्ट व्यक्ति भएमा,अरुसंग तुलना गर्दा रेमिटान्स समय छोटो भै एकदम प्रभाबकारी सेवा हो।

कार्यालय समयको दिउसो ५ बजेभित्र भुक्तानी भएको रकम,सोहि दिन रेमिटान्स गरिने।

जापानको बैंक खाता नभएमा पनि सजिलै संग ATM बाट रकम भुक्तानी गर्न सक्नेछ।

एउटा कार्डमा 1 व्यक्तिको जानकारी मात्र दर्ता गरिनेछ।(रेमिटान्स कार्ड 1जनालाई एउटा मात्र उपलब्ध हुनेछ)

पोष्ट बैंकको ATM वा काउन्टरबाट रकम भुक्तानी गर्न सकिन्छ।

भुक्तानी गर्ने रकम जापानिज एन मात्र हो भने एकपटकमा 5,000 एन(रेमिटान्स रकम+शुल्क) भन्दा कमको रकम भुक्तानीगर्न पाउने छैन।

के गरेमा प्रयोग गर्न सकिन्छ ?
रेमिटान्स कार्ड दर्ता गर्नको लागि रेमिटान्स गन्तब्य जानकारीको दर्ता गर्नुहोस। कार्ड ३ दिन भित्रमा तपाइको घरमा पुग्ने गरि हुलाकबाट पठाइनेछ।
1रेमिटान्स कार्ड जारीको आबेदन
सदस्य दर्ता गर्दाको फारम अथवा सदस्यको आफ्नो पेज (पोष्ट बैंकको भुक्तानी कार्ड जारी)को पर्दाबाट प्रापकको जानकारी,रेमिटान्स गर्नुको कारण आदि दर्ता गरि,कार्ड जारी गर्न आबेदन गर्नुहोस।
2RupeeSend ले हुलाकबाट कार्ड पठाउने ।
रेमिटान्स कार्ड र संगैको पेजमा उल्लेख गरिएको कार्ड नं को साथै रेमिटान्स गन्तब्यको विवरण (रेमिटान्स बिधी,प्रापकको नाम) मिलेको छ छैन चेक गर्नुहोस।
3कार्ड प्रयोग गरि रकम स्थानान्तरण गर्ने
रेमिटान्स रकम र शुल्कको साथै ATM शुल्क गरि कुल रकम पोष्ट बैंकको काउन्टर अथवा ATM बाट कार्ड प्रयोग गरि भुक्तानी(स्थानान्तरण) गर्नुहोस।
पोष्ट बैंकको वेबसाइटबाट स्थानको बिस्तृत जानकारी खोज्नु
रेमिटान्स कार्ड ATM बाट प्रयोग गर्ने बिधि (PDF)
रेमिटान्स गन्तव्य जानकारीको दर्ता वा परिबर्तन तथा बिस्तृत जानकारीको लागि
पोष्ट बैंकको भुक्तानी कार्डको बारेमा सोधिने सामान्य प्रश्नहरुको सुची हेर्नुहोस।

पोष्ट बैंकको भुक्तानी कार्डको आबेदन गरेको कति दिन भित्रमा प्राप्त गर्न सकिन्छ।

सामान्यतया, 2 दिन भित्रमा जारी गरि पठाइने भएकोले आबेदन गरेको 3 देखि 5दिन भित्रमा प्राप्त गर्न सक्नुहुन्छ।

पोष्ट बैंकको भुक्तानी कार्डमा दर्ता गरिएको प्रापकको बिबरण बुझा सकिन्छ ।

हजुर,मेरो पेज (पोष्ट बैंक भुक्तानी कार्ड आबेदन)को सुचिबाट बुझ्न सक्नुहुन्छ।

पोष्ट बैंकको भुक्तानी कार्डमा दर्ता गरिएको प्रापकको बिबरणको परिबर्तन गर्न सकिन्छ।

पोष्ट बैंकको भुक्तानी कार्डमा दर्ता गरिएको प्रापकको बिबरण परिबर्तन गर्नु परेमा,माफ गर्नुहोस,तपाई कस्टमर सेंटरमा सम्पर्क गर्नुहोला ।

पोष्ट बैंकको भुक्तानी कार्ड,अतिथि सदस्यले पनि प्रयोग गर्न मिल्छ ।

पोष्ट बैंकको भुक्तानी कार्डबाट रेमिटान्स गर्ने अबसर सदस्य दर्ता गरेको व्यक्तिले मात्र प्राप्त गर्न सक्दछ।

पोष्ट बैंकको भुक्तानी कार्डबाट रकम भुक्तानी गरेपछि के गर्नु पर्दछ।

बिशेष गरि केहि गर्नु पर्दैन,कस्टमर सेंटरबाट रेमिटान्स बिबरणको जाचकोलागि फोन आउन सक्ने सम्भावना हुन सक्छ।
फेरी,कार्डको भुक्तानी जाचको बेला,रेमिटान्स पुरा भएको अबस्थामा rupeesend बाट मेलबाट सम्पर्क गर्दछ,त्यतिबेला बिबरण राम्ररी जाच गर्नुहोस।

सेवाको सारांश

पोष्ट बैंकको भुक्तानी कार्डको माध्यमले पोष्ट बैंकको ATM वा काउन्टरबाट रकम भुक्तानी गर्नु भएमा,ATM शुल्क र रेमिटान्स शुल्क घटाएको जापानिज रकम ग्राहकले तोक्नु भएको नेपालको प्रापक वा बैंक खातामा जम्मा गरिदिने रेमिटान्स सेवा हो।

प्रयोग गर्न सक्ने व्यक्ति

हाम्रो निर्धारित जाच मापदण्ड पुरा गर्न,हामी बैदेशिक रेमिटान्स सेवा अनुबन्धको आबेदन स्वीकार गरेका व्यक्तिहरुमा सिमित हुनेछ।

1. RupeeSend सेवामा सदस्य दर्ता गरि,पहिचान पत्र प्रक्रिया पुरा भएको ग्राहकहरु।
2. अगाडिनै रेमिटान्स गन्तव्यको खाता दर्ता गरि,(पोष्ट बैंकको स्वतः भुक्तानी कार्ड)को प्रयोगको लागि दर्ता गरेको ग्राहकहरु।

रेमिटान्स उद्देश्य

घर खर्च वा बचत को साथै हामीले निर्धारित गरेका रेमिटान्स उद्देश्यहरुमा सिमित हुनेछ।

रेमिटान्स रकमको सिमा

एकपटकमा 30 मान एन भित्र र बर्षमा 360 मान एन भित्र। ※माथी उल्लेखित रकम भन्दा बडी भएमा,बिशेष रेमिटान्स उद्देश्य,आम्दानीको श्रोत आदिको सोधपुछ गरिनेछ।

न्यूनतम रेमिटान्स रकम

एक पटकमा 3,000 मान एन सम्म

प्राप्त गर्न सक्ने देशहरू र मुद्रा

प्राप्त गर्न सक्ने देश :नेपाल मुद्रा:नेपाली रुपियाँ (NPR)

रेमिटान्स शुल्क

रेमिटान्स शुल्कको सुचीको बिश्लेषण गर्नुहोस।

भुक्तानी शुल्क

平日09:00-19:00

रेमिटान्स मिती

ब्यबसायिक समय
※खाता भुक्तानी सेवाको अबस्थामा ,रेमिटान्स गन्तव्यको वित्तीय सस्थाको कार्यलयको सिस्टम,काम आदिले गर्दा भुक्तानी रकम जाच गर्न 3 दिन पनि लाग्न सक्ने सम्भावना हुनेछ।

उक्त दिनमा नै प्राप्त गर्न सक्ने समय

रेमिटान्स गरेको दिनमा नै प्राप्त गर्न सक्ने समय,कार्यलय समयको ५ बजेसम्म भुक्तानी जाच गर्न सकेको रेमिटान्स सोहि दिनमा प्राप्त गर्न सकिन्छ।

रेमिटान्स रद्द

1. ग्राहकको रेमिटान्स रद्द,रेमिटान्स प्रापकले प्राप्त नागेको अबस्थामा मात्र गर्न सकिन्छ।
2. रेमिटान्स गरेको 30 दिन भित्रमा पनि भुक्तानी नभएको रेमिटान्सको पक्षमा,सामान्य नियम अनुरुप बिना सूचना ,कम्पनीले तुरुन्त रेमिटान्स रद्द गरिनेछ।
3. माथिको बाहेक,निर्धारित कारण फेला परेको अबस्थामा,बिना सूचना गरि प्राप्त रेमिटान्स रद्द गरिनेछ।
4. रेमिटान्स रद्द गरेमा,सामान्य नियम अनुसार हामी रेमिटान्स रकम मात्र फिर्ता गर्नेछ।

※रकम फिर्ता गर्दा लाग्ने बैंक ट्रान्सफर शुल्क ग्राहक आफैले बेहोर्नु पर्नेछ।
※कुनै पनि बेलामा,भुक्तानी गर्नु भएको रेमिटान्स रकममा,रेमिटान्स शुल्क अलावाको शुल्क,विभिन्न सुल्कहरु नियम अनुसार फिर्ता गर्न सकिदैन। रेमिटान्स रकम रद्द भएको 4 दिन भित्रमा तपाइले जाच गर्न सक्नुहुन्छ।

रेमिटान्स जानकारीको परिबर्तन

रकम भुक्तानी पछी ग्राहकको रेमिटान्स विवरणको परिबर्तन गरिने छैन।

※परिबर्तनको आबस्यक भएको बेला,एक पटक रेमिटान्स रद्द गरि पुनः रेमिटान्स आबेदनको अनुरोध गर्नुहोस।
रेमिटान्स कार्ड जारीको बेला,निर्धारित गरिएको रेमिटान्स गन्तब्य जानकारीको परिबर्तन गर्नु परेमा,कस्टमर सेंटरमा सम्पर्क गरेपछि मेरो पेजको रेमिटान्स जानकारी परिबर्तनको ठाउँबाट परिबर्तन गर्नुहोस।

उपयोग अनुबंध सेवाहरूको रोकावट

हामीले निर्धारित कारण फेला परेको अबस्थामा,कुनै पनि सूचना बिनानै बैदेशिक रेमिटान्स उपयोग अनुबंध सेवाहरूको रोकावट लगाउने छौ।

अन्य विषयबस्तुहरु

• रेमिटान्स रकमबाट,भुक्तानी शुल्क र रेमिटान्स शुल्क घटाए पछी बाकी रहेको रकम रेमिटान्स गरिन्छ। रेमिटान्स पुरा भएको मेलमा शुल्क,विनिमय दर,स्थानीय स्थानमा प्राप्त गरिने रकम ,Reference Number आदिको सुचित गरिने छ।。

•"प्राप्त गर्ने स्थान"रकम प्राप्त गर्ने सम्बन्धमा मणिग्राम जस्तै साझेदारीमा कार्य गर्ने एजेन्सीबाट हाम्रो सेवासंग सम्बन्धीत रकमको भुक्तानी गर्ने गरिन्छ।

• व्यापार विशिष्टताको बारेमा,Rupeesend को वेबसाइटबाट हेर्न सक्नुहुन्छ।

एक पटकको भुक्तानी रकम एक पटकको रेमिटान्स भन्ने बुझिन्छ। २ पटक बिभाजन गरेर भुक्तानी गरेको अबस्थामा २ पटक रेमिटान्स गरिने हुनाले ध्यान पुर्याउनु होस।

• ATM बाट एक पटकमा रकम जम्मा गर्न सक्ने रकम 10 मान एन सम्म हो। 10 मान एन भन्दा बडी भएमा पोष्ट बैंकको काउन्टरमा जानुहोस। त्यस्तो अबस्थामा पोष्ट बैंकको काउन्टरमा परिचय पत्र प्रस्तुत गर्नु पर्नेछ।