RupeeSend

कम्पनीको ठेगाना परिवर्तन सम्बन्धी सूचनाा

सधैंझैँ रुपिसेंड रेमिट सेवाको प्रयोग गरिरहनुभएकोमा हार्दिक धन्यवाद।
रुपिसेंड रेमिट सेवा सञ्चालन गर्ने कम्पनी, सि-स्क्वायर कम्पनी लिमिटेड (C-Square Co. Ltd.) ले आफ्नो कार्यालयको ठेगाना तल उल्लेखित अनुसार स्थानान्तरण गर्न लागेको जानकारी गराउन चाहन्छौं।

【स्थानान्तरण मिति】
२०२६ जुलाई ६ (सोमबार)

【नयाँ ठेगाना】
〒160-0023
टोकियो-तो, शिन्जुकु-कु, निशि-शिन्जुकु ६-१२-१ पार्क वेस्ट बिल्डिङ, १३औं तल्ला

पहुँच:
• JR शिन्जुकु स्टेशनबाट पैदल १० मिनेट
• टोकियो मेट्रो मारुनोउची लाइनको निशि-शिन्जुकु स्टेशनबाट पैदल ५ मिनेट

कृपया ध्यान दिनुहोस् कि यो परिवर्तन केवल कम्पनीको कार्यालय ठेगाना सम्बन्धी हो। रुपिसेंड रेमिट सेवाको सामग्री, अनलाइन आवेदन, रकम पठाउने प्रक्रिया, ग्राहक सहायता तथा काउन्टर सेवा पूर्ववत् सञ्चालनमा रहनेछन्।

हाम्रो कार्यालयमा आउँदा कृपया नयाँ ठेगाना पुष्टि गरी आउनुहुन अनुरोध गर्दछौं।
कृपया ध्यान दिनुहोस् कि शुक्रबार, जुलाई ३ तारिखको दिउँसोदेखि हाम्रो टेलिफोन सेवा उपलब्ध नहुन सक्ने सम्भावना छ। यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ। कृपया हामीलाई इमेलमार्फत सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

भविष्यमा पनि रुपिसेंड रेमिट सेवाप्रति निरन्तर माया, विश्वास र सहयोग प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं।

C-Square Co.Ltd.
दर्ता नम्बर: कान्तो वित्त ब्यूरो निर्देशक नं. 00018
सम्पर्क: रुपिसेंड रेमिट
फोन नम्बर : ०३-३३५९-००७१
इमेल : Info@rupeesend.com

 

यो पेज बन्द गर्ने